Kathmandu Press

धन्यवाद प्रस्तावको बैठकमा विरोध जारी रहन्छ : कांग्रेस सचेतक थिङ

सचेतक थिङले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सहयोग गरे पनि धन्यवाद प्रस्तावको बैठकमा विरोध जारी राख्ने बताएकी हुन्।
धन्यवाद प्रस्तावको बैठकमा विरोध जारी रहन्छ : कांग्रेस सचेतक थिङ
फाइल तस्बिर।

काठमाडौं, जेठ १ : सभामुख देवराज घिमिरेले डाकेको राजनीतिक दलहरूका प्रमुख सचेतक र सचेतकहरूको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले धन्यवाद प्रस्तावको बैठकमा विरोध जारी राख्ने अडान राखेकी छन्।

सचेतक थिङले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सहयोग गरे पनि धन्यवाद प्रस्तावको बैठकमा विरोध जारी राख्ने बताएकी हुन्।

Hardik ivf

‘नेपाली कांग्रेस संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहन्छ। छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ,’ छलफलमा थिङले भनिन्।

सभामुख घिमिरेले सरकारको नीति तथा कार्यक्रम, आगामी बैठकहरू र बजेट प्रभावित हुने अवस्थाबारे छलफल गर्न दलका प्रमुख सचेतक र सचेतकलाई डाकेका थिए।

प्रकाशित मिति: १४:१० बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्