Kathmandu Press

४ प्रदेशमा सकियो ‘प्रदेश युवा सम्मेलन’, साउनमा राष्ट्रिय सम्मेलनको तयारी

हरेक प्रदेशका २२० जना भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो भने कर्णाली प्रदेशमा ३४४ जना युवाहरु सम्मेलित ४ दिने प्रदेश युवा सम्मेलन सम्पन्न गरेके हो।
४ प्रदेशमा सकियो ‘प्रदेश युवा सम्मेलन’, साउनमा राष्ट्रिय सम्मेलनको तयारी

काठमाडौं, जेठ १ : ‘उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने नाराका साथ नेपाल युवा परिषद्ले ४ प्रदेशमा प्रदेश युवा सम्मेलन २०२४ सम्पन्न गरेको छ । बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रदेश युवा सम्मेलन गरेको हो।

परिषद्ले हालसालै मात्र सुदूरपश्चिम प्रदेशमा आयोजना गरेको तीन दिने प्रदेश युवा सम्मेलन गरेको हो। हरेक प्रदेशका २२० जना भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो भने कर्णाली प्रदेशमा ३४४ जना युवाहरु सम्मेलित ४ दिने प्रदेश युवा सम्मेलन सम्पन्न गरेके हो।

तीनै तह अहिले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम निर्माणको चरणमा रहेको बेला नेपाल युवा परिषदल् प्रदेश युवा सम्मेलन गरी हरेक प्रदेशको प्रादेशिक कार्ययोजना निर्माण गरी प्रदेश सरकार, प्रदेश निति तथा योजना आयोग र सामाजिक विकास मन्त्रलायलाई बुझाउने लक्ष्यका साथ यो सम्मेलन आयोजना गरेको कुरा नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष सरोज बानियाँले बताए।  

Hardik ivf

हरेक प्रदेशका युवाहरुले तयार गरेको प्रादेशिक कार्ययोजनालाई प्रदेश सरकारले अपन्वत्व लिई आगामी बर्षको सरकारको निति तथा कार्यक्रममा युवा मैत्री बजेट निर्माण गर्न सकिन्छ भन्ने आशा र विश्वासका साथ यो सम्मेलन आयोजना गरेको कुराको जानकारी अध्यक्ष बानियाँले बताए।

बागमती प्रदेशको प्रदेश युवा सम्मेलनमा बागमती प्रदेशका माननीय मुख्यमन्त्री शालिकराम जम्मट्टेलले, लुम्बिनी प्रदेशको प्रदेश युवा सम्मेलनमा लुम्बिनीका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, कर्णाली प्रदेशको प्रदेश युवा सम्मेलनमा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री राजकुमार शर्माले र सुदुरपश्चिम प्रदेशको प्रदेश युवा सम्मेलनमा सुदूरपश्चिम प्रदेशका सभामुख भिम बहादुर भण्डारी सहभागी भएका थिए ।

सबै प्रदेशमा त्यस प्रदेशमा जन्मिएर हुर्किएर बिभिन्न क्षेत्रहरुमा क्रियाशिल भई सामाजिक तथा आर्थिक रुपान्तरण लगायत अन्य बिधाहरुमा काम गर्ने  १०/१० जनालाई हरेक प्रदेशमा आईन अफ प्रदेशको अवार्डबाट पनि सम्मानित गरिएको नेपाल युवा परिषलको अध्यक्ष सरोज बानियाँले बताए।

नेपालको जनसंख्याको अनुपातमा हेर्ने हो, भने १६ देखि ४० बर्ष उमेर समूहको अर्थात युवाहरु ४२।५६ प्रतिशत रहेका छन् यो नेपालको सन्दर्भमा निकै ठुलो अवसर हो र जुन अन्य देशहरुमा छैन । यसै समयमा युवाहरुलाई लगानी गरी नेपालको आर्थिक समृद्धीमा युवाहरुलाई जोड्नु पर्छ भनि बिगत १३ बर्ष देखि युवाहरुको क्षेत्रमा पैरवी र वकालत गर्दै आएका बानियाँले आगामी अगष्ट १० देखि १२ सम्म अन्र्तराष्ट्रिय युवा दिवसको अवसरमा ७७ जिल्लाका २२० जना युवाहरु सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०२४ आयोजना गर्न लागेको कुरा बताए।

gdMa3_Zq-1715674701.jpeg

आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघले समिट अफ दि फूयूचर आयोजना गर्दै छ र त्यसको लागि पनि नेपाली युवाहरुले सन् २०३० पछि कस्तो विश्वको परिकल्पना गर्न सकिन्छ भनि केही सुझावहरु समेत तयार गर्नेछ।

अध्यक्ष बानियाँले सन् २०२५ लाई ‘राष्ट्रिय युवा वर्ष २०२५’ घोषणा गरी ७ प्रदेश र ७७ वटै जिल्लाका हजारौं युवाहरुलाई समेटेर, सिपमूलक तालिम, जनचेतनामूलक तालिम, प्रविधिमूलक सेमिनार, बित्तिय साक्षरता सम्बन्धी तालिम, जलवायु परिवर्तन सम्बन्धी कार्यक्रम लगायत विविध कार्य गर्दै नेपाली युवाहरुलाई नेपालमा नै सम्भावना देखाई नेपालमा नै युवाहरुलाई काम गर्न सक्ने वातावरण बनाउनु पर्छ पछि बिभिन्न तह र तप्कामा पैरवी र आवाज उठाउँदै आएका छन्।

प्रकाशित मिति: १४:०४ बजे, मंगलबार, जेठ १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्