Kathmandu Press

इतिहासकार ज्ञानमणि नेपालको निधन

मुटुको समस्याका कारण मनमोहन कार्डिओ भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारका क्रममा नेपालको ९२ वर्षको उमेरमा निधन भएको हो।
इतिहासकार ज्ञानमणि नेपालको निधन

काठमाडौं, जेठ १ : इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार निधन भएको छ।

मुटुको समस्याका कारण मनमोहन कार्डिओ भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारका क्रममा नेपालको ९२ वर्षको उमेरमा निधन भएको हो।

Hardik ivf

नेपालको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टी गरिने भएको छ। नेपालले नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका थिए।

उनका इतिहाससम्वन्धी विभिन्न कृति प्रकाशित छन्। उनका दुई छोरा छन्।

प्रकाशित मिति: १३:४८ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्