Kathmandu Press

जिबी राईको पासपोर्ट रोक्का गर्न राहदानी विभागमा प्रहरीको पत्राचार

प्रहरीको पत्र आएको जनाउँदै त्यसबारे अध्यन गरेर निर्णय गरिने विभागले जनाएको छ। राईको राहदानीलाई ‘कालोसूची’मै रहेको र रोक्काको पक्रिया कानुनी रुपमा अघि बढ्ने विभागले जनाएको छ।
जिबी राईको पासपोर्ट रोक्का गर्न राहदानी विभागमा प्रहरीको पत्राचार

काठमाडौं, जेठ १ : सहकारीको अर्बौं रकम घोटाला गरेर फरार रहेका जिबी राईको राहदानी रोक्का गर्न प्रहरीले राहदानी विभागलाई पत्राचार गरेको छ।

आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले राईको पासपोर्ट रोक्का गर्नको लागि विभागमा पत्राचार गरेको हो।

Hardik ivf

प्रहरीको पत्र आएको जनाउँदै त्यसबारे अध्यन गरेर निर्णय गरिने विभागले जनाएको छ। राईको राहदानीलाई ‘कालोसूची’मै  रहेको र रोक्काको पक्रिया कानुनी रुपमा अघि बढ्ने विभागले जनाएको छ।

राईले सहकारीको रकम हिनामिना गरेको भन्दै कास्की, रुपन्देहीलगायत जिल्लामा उजुरी परेको छ। उनीविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गरेको छ। तर, अझै पक्राउ पर्न सकेका छैनन्।

प्रकाशित मिति: १३:११ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्