Kathmandu Press

नीति तथा कार्यक्रम पारित गर्न दिन्छौं, तर आफ्ना मागबाट पछि नहट्दैनौं : कांग्रेस

‘राष्ट्रपतिले सम्बोधन गर्नुहुने संघीय संदको,संयुक्त बैठकमा हामी भाग लिन्छौं त्यसमा कुनै अवरोध हुँदैन। तर, त्योपछि बाहेकका सरकारले ल्याएका कार्यसूचीहरुमा कुनैपनि सरकारी काम कारबाहीमा सरकारले संसदीय छानबिन समिति गठन नगर्दासम्म हामी प्रवेश गर्दैनौ,’ उनले थप भने ।
नीति तथा कार्यक्रम पारित गर्न दिन्छौं, तर आफ्ना मागबाट पछि नहट्दैनौं : कांग्रेस

काठमाडौं, जेठ १ : नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संघीय संसदको संयुक्त बैठक सञ्चालन गर्न दिने निर्णय गरेको छ।

तर, त्यसपछिका राष्ट्रिय सभा र प्रतिनिधि सभा बैठक भने बटमलाइन बनाएको गृहमन्त्रीविरुद्ध संसदीय छानबिन समिति सरकारले तत्काल गठन नगरेसम्म अवरुद्ध गर्ने चेतावनी कांग्रेसले दिएको छ।

Hardik ivf

मंगलबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। उनले सरकारलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएपनि त्यसपछिको बैठकमा आफूहरु माग पूरा नभएसम्म सहभागी नहुने बताए।

‘राष्ट्रपतिले सम्बोधन गर्नुहुने संघीय संदको,संयुक्त बैठकमा हामी भाग लिन्छौं त्यसमा कुनै अवरोध हुँदैन। तर, त्योपछि बाहेकका सरकारले ल्याएका कार्यसूचीहरुमा कुनैपनि सरकारी काम कारबाहीमा सरकारले संसदीय छानबिन समिति गठन नगर्दासम्म हामी प्रवेश गर्दैनौ,’ उनले थप भने, ‘यसबाट जुन परिणाम उत्पन्न हुन्छ त्यसको जवाफदेहिता सरकारले लिनुपर्ने पर्छ।’

बैठकले सहकारीमा रकम जम्मा गरेका व्यक्तिहरुको वचतको सुरक्षाको ग्यारेण्टी गर्न, रकम हिनामिना भई मर्कामा परेका पीडितको रकम फिर्ता गर्न र सहकारीको रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी गर्नेहरु माथि कारबाही गर्न अनिवार्य भएको ठहर समेत गरेको छ।

 

प्रकाशित मिति: १२:५९ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्