Kathmandu Press

गिरी बन्धु टि–स्टेटकाे विषय कांग्रेसले संसदमा उठाउने

मंगलबार बिहान बसेको कांग्रस संसदीय दलको बैठकले बन्धु टि–स्टेट प्रकरण र सर्वोच्चले गरेको फैसलाबारे संसदमा सशक्तरुपमा प्रस्तुत निर्णय गरेको हो।
गिरी बन्धु टि–स्टेटकाे विषय कांग्रेसले संसदमा उठाउने

काठमाडौं, जेठ १ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गिरीबन्धु टि–स्टेटबारे संसदमा कुरा उठाउने भएको छ।

मंगलबार बिहान बसेको कांग्रस संसदीय दलको बैठकले बन्धु टि–स्टेट प्रकरण र सर्वोच्चले गरेको फैसलाबारे संसदमा सशक्तरुपमा प्रस्तुत निर्णय गरेको हो।

Hardik ivf

प्रमुख सचेतक रमेश लेखकले आजको गिरीबन्धु टि–स्टेटका बारेमा छलफल भएको बताउँदै कांग्रेसले संसदमा यसका विषयमा कुरा उठाउने बताए।

संसदीय दलको बैठकमा महामन्त्री गगन थापाले गिरीबन्धु टि–स्टेटबारे पनि संसदमा कुरा उठाउनुपर्ने भएकोले सबै सांसदहरूलाई यसबारे सर्वोच्चका फैसला अध्ययन गर्न आग्रह गरेको उनले जानकारी दिए।

सर्वोच्च अदालतले झापाको बिर्तामोडस्थित गिरीबन्धु टि–स्टेटको जग्गा सरकारीकरण गर्ने फैसला गरेको थियो।

प्रकाशित मिति: १२:३६ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्