Kathmandu Press

यसरी चल्ने छ आजको संसदकाे संयुक्त बैठक

संसदको संयुक्त बैठक सकेपछि साँझ ६ बजे प्रतिनिधिसभाको बैठक सुरु हुनेछ, जहाँ प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको प्रति सहित राष्ट्रपतिलाई धन्यवाद दिन प्रस्ताव टेबुल गर्नेछन्।
यसरी चल्ने छ आजको संसदकाे संयुक्त बैठक

काठमाडौं, जेठ १ : राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन्।

संसद सचिवालयले प्रकाशित गरेको कार्यसूचीमा राष्ट्रपतिबाट अपराह्न ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उल्लेख छ।

Hardik ivf

सभामुख देवराज घिमिरेले १२ः३० बजे प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गर्दैछन् भने १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

संसदको संयुक्त बैठक सकेपछि साँझ ६ बजे प्रतिनिधिसभाको बैठक सुरु हुनेछ, जहाँ प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको प्रति सहित राष्ट्रपतिलाई धन्यवाद दिन प्रस्ताव टेबुल गर्नेछन्। त्यसपछि कार्यव्यवस्था समितिले तयार गरेको तालिका अनुसार नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

साँझ बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने संभावित कार्यसूची छ।

त्यसपछि सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने छन्।

सभामुखले ‘सम्माननीय राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्वत् २०८१ जेठ १ गते मंगलबारका दिन गर्नुभएको सम्बोधनको लागि प्रतिनिधि सभाको यो बैठक सम्माननीय राष्ट्रपति महोदयमा धन्यवाद ज्ञापन गर्दछ’ भन्ने व्यहोरा पढेर सुनाउनेछन्।

मंगलबारकै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्ने कार्यसुूची रहेको संसद सचिवालयका महासचिब पद्मप्रसाद पाण्डेले जानकारी दिएका छन्।

प्रकाशित मिति: १२:२९ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्