Kathmandu Press

‘युवाहरूलाई स्वदेशमै उद्यम गर्ने वातारण बनाउन आवश्यक छ’

खनालले सम्पूर्ण समस्याको एकमात्र समाधान समाजवाद भएको बताउँदै समाजवादले मात्र शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समधान गर्न सक्ने बताएका छन्।
‘युवाहरूलाई स्वदेशमै उद्यम गर्ने वातारण बनाउन आवश्यक छ’

काठमाडौ, जेठ १ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले युवावर्ग देशको सामाजिक–आर्थिक विकासका निम्ति क्रियाशील हुनुपर्नेमा जोड दिएका छन्।

अनेरास्ववियूको ६०औं एवं युवासंघ नेपालको ३५औं स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको बढ्दो बेरोजगारी र शैक्षिक दिशाहीनताले देशका श्रमजीवी युवा पलायन भइरहेको अवस्थामा युवाहरू एकजुट भएर स्वदेशमा नै उद्यम गर्ने वातावरण बनाउन जरुरी भएको उल्लेख गरेका छन्।

Hardik ivf

जनताका तत्कालीन समस्या समधान गर्न जनपरिचालन गर्नुपर्नेमा उनले जोड दिएका छन्। ‘हाम्रो देश यतिबेला समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरेको छ । तर देश भने चौतर्फी सङ्कटबाट गुज्रिरहेको छ । समाजवादतिरको यात्रालाई व्यापक  बनाउन जरुरी छ,’ शुभकामना सन्देशमा उनले लेखेका छन्।

खनालले सम्पूर्ण समस्याको एकमात्र समाधान समाजवाद भएको बताउँदै समाजवादले मात्र शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समधान गर्न सक्ने बताएका छन्।

 ‘यात्रा समृद्धिको र लक्ष्य समाजवाद’को  नारालाई व्यवहारमा अनुवाद गर्न उनले आह्वान पनि गरेका छन्।

प्रकाशित मिति: ११:४४ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्