Kathmandu Press

गिरीबन्धु टी–स्टेटमा कार्यरत मजदुरले ज्याला पाएनन्

मजदुरले तत्काल ज्याला उपलब्ध गराइदिन माग गरेका छन्। तीन पुस्तादेखि यही बगानमा चियापत्ती टिपेर गुजारा गर्दै आएका मजदुर पारिश्रमिक नपाएपछि भोकै रहन बाध्य भएको बताउँछन्।
गिरीबन्धु टी–स्टेटमा कार्यरत मजदुरले ज्याला पाएनन्

झापा, जेठ १ : झापाको बिर्तामोडस्थित बिवादास्पद गिरीबन्धु टी–स्टेटमा कार्यरत मजदुरहरुले तीन महिनादेखि ज्याला पाएका छैनन्। मजदुरले लामो समयदेखि पारिश्रमिक नपाएपछि दैनिक गुजारा चलाउन कठिन भएको बताएका छन्।

चिया बगानमा १ सय ७० जना मजदुर कार्यरत छन्। प्रत्येक १२÷१२ दिनमा उनीहरुले पारिश्रमिक पाउँदै आएका थिए। ‘तीन महिना बितिसक्यो, बिहान बेलुका छाक टार्न कठिनाई भएको छ,’ एक मजदुरले भने ।

चिया टिपेको ज्यालाबाट बिहान बेलुकाको दैनिकी चलाउने मजदुरले साहुले पनि बाँकी ज्याला दिन छोडेको बताएका छन्। साहुले रासन उधारो नदिएपछि भोकभोकै काम गर्नु परेको उनीहरुको भनाई छ।

Hardik ivf

मजदुरले तत्काल ज्याला उपलब्ध गराइदिन माग गरेका छन्। तीन पुस्तादेखि यही बगानमा चियापत्ती टिपेर गुजारा गर्दै आएका मजदुर पारिश्रमिक नपाएपछि भोकै रहन बाध्य भएको बताउँछन्।  

भोक सहेर पनि साहुको काम गरिरहेको बताउँदै मजदुर नेतृ सावित्रा बञ्जराले अनेक समस्याहरुका बाबजुद काम गर्नुपरेको बताइन्। उनले मजदुरको ज्याला दिलाई दिन सरोकारवालासँग आग्रह समेत गरेकी छन्।

तत्कालै चिया मजदुरले पाउनुपर्ने वेतन नपाए आन्दोलनमा जाने चिया मजदुरको भनाई छ। उनका अनुसार भोकै काम गर्ने चिया मजदुरमाथि कुनै दुर्घटना भए त्यसको जिम्मेवारी सञ्चालकहरुले लिनुपर्ने छ।

दैनिक पाँचसय रुपैयाँका दरले ज्याला पाउने मजदुरहरुले बाँकी भुक्तानी गर्न नसक्दा रासनको जोहो गर्न नसकेको उनीहरुको भनाई छ।

सञ्चालकले बगान फाड्ने र घाटामा गएको देखाउँदै मजदुरलाई दिनुपर्ने ज्यालामा कम्पनीले आलटाल गर्दै आएको छ। कम्पनीको तर्फबाट चिया बगान बन्द गर्ने जस्ता धम्की दिदैं मजदुरलाई ज्याला रोकिरहेको उनीहरुको भनाई छ।

बगानका व्यवस्थापक सन्तकुमार राईले कम्पनीसँग पैसा नभएका कारण भुक्तानी दिन नसकेको स्वीकार गरेका छन्। उनले आर्थिक संकटकै कारण मजदुरको भुक्तानी रोकिएको बताए। ‘अलिकति भुक्तानी दिन खोजेका थियौं। उहाँहरुले लिन मान्नु भएन, केही दिनमा एक महिनाको तलव भए पनि दिने योजनामा छौं,’ उनले भने।

फागुनदेखि ज्याला नपाएका मजदुरले बिर्तामोड नगरपालिकाको ध्यानाकर्षण गराएका छन्। नगरमा ज्ञापनपत्र बुझाउँदै उनीहरुले न्यायका लागि ध्यानाकर्षण गराएका हुन्।

उनीहरुले पारिश्रमिक उपलब्ध गराउन पहल गरिदिन माग गर्दै ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझाउँदै उनीहरुले समस्या समाधान नभए आन्दोलन गर्न बाध्य हुने र आन्दोलनबाट हुने क्षतिको जवाफदेही नहुने ज्ञापनपत्रमा उल्लेख छ । गिरी बन्धु टि इस्टेटका व्यवस्थापकलाई ज्ञापनपत्रको बोधार्थ पठाइएको छ ।

 

प्रकाशित मिति: ११:३२ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्