Kathmandu Press

भारतमा होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु, ७० बढी घाइते

सोमबार दिउँसो घाटकोपरको समता कोलोनीनजिकै पेट्रोल पम्पँसँगै रहेको ठूलो होर्डिङ बोर्ड हावाहुरी कारण ढल्दा १४ जनाको मृत्यु हुनका साथै ७० जनाभन्दा बढी घाइते भएका छन्।
भारतमा होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु, ७० बढी घाइते

नयाँ दिल्ली, जेठ १ : मुम्बईको घाटकोपरमा सोमबार होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु भएको छ।

सोमबार दिउँसो घाटकोपरको समता कोलोनीनजिकै पेट्रोल पम्पँसँगै रहेको ठूलो होर्डिङ बोर्ड हावाहुरी कारण ढल्दा १४ जनाको मृत्यु हुनका साथै ७० जनाभन्दा बढी घाइते भएका छन्।

वर्षा र हावाहुरीका कारण पेट्रोल पम्पमा धेरै जना ओत लागेका बेला होर्डिङ बोर्ड खस्दा ठूलो मानवीय क्षति भएको बताइएको छ।

मृतकका परिवारलाई प्रति परिवार ५ लाख रुपैयाँ र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइने महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले बताएका छन्।

प्रकाशित मिति: १०:५३ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्