कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा बिरामीको मृत्यु
लम्कीचुहाको बलचौरमा भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स मंगलबार बिहान अनियन्त्रित भएर दुर्घटना हुँदा बर्दियाको राजापुर–९ कि १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको हो।
कैलाली, जेठ १ : कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको छ।
लम्कीचुहाको बलचौरमा भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स मंगलबार बिहान अनियन्त्रित भएर दुर्घटना हुँदा बर्दियाको राजापुर–९ कि १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको परियारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। एम्बुलेन्समा सवार अन्य ५ जना व्यक्ति भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीले एम्बुलेन्स र चालक भारतको नैनीतालका ५० वर्षीय प्यारेलाललाई नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति: १०:४६ बजे, मंगलबार, जेठ १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)