Kathmandu Press

कांग्रेससँग प्रधानमन्त्रीको आग्रह- नीति तथा कार्यक्रम पेस हुन दिनुस्, सहकारीको समस्या समाधान गर्छु

आर्थिक वर्षको नीति तथा कार्यक्रममा अवरोध नगर्न र सहकारीको समस्या समाधानका लागि सकारात्मक रूपमा आफू लागिपरेको प्रधानमन्त्रीले बताएको प्रमुख सचेतक लेखकले जानकारी दिए।
कांग्रेससँग प्रधानमन्त्रीको आग्रह- नीति तथा कार्यक्रम पेस हुन दिनुस्, सहकारीको समस्या समाधान गर्छु

काडमाडौं, जेठ १ : प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगर्न नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन्।

कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकलाई बिहान बालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले सहकारीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै संसदमा अवरोध नगरिदिन आग्रह गरेका हुन्।

Hardik ivf

आर्थिक वर्षको नीति तथा कार्यक्रममा अवरोध नगर्न र सहकारीको समस्या समाधानका लागि सकारात्मक रूपमा आफू लागिपरेको प्रधानमन्त्रीले बताएको प्रमुख सचेतक लेखकले जानकारी दिए।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्न दिने वा नदिने भन्नेबारे संसदीय दलको बैठकपछि निर्णय गर्ने भएको छ।

प्रधानमन्त्रीले सहकारीका समस्या समाधानका लागि सबैसँग छलफल गरेर अघि बढिरहेको बताएको लेखकले बताए।

सहकारी समस्या समाधानको विषयमा प्रधानमन्त्री दाहालले जनाएको प्रतिबद्धता कांग्रेसले व्यवहारमा देख्न चाहेको लेखकले बताए।

प्रकाशित मिति: ०९:४९ बजे, मंगलबार, जेठ १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्