चर्च बोइज र त्रिभुवन आर्मी क्लबले पाए एएफसीको लाइसेन्स
एएफसीको मापदण्ड पुरा गरेपछि एन्फाले दुवै क्लबलाई एएफसी लाइसेन्स दिएको हो।काठमाडाैं, वैशाख ३१ : यो सिजन दुई ए डिभिजन क्लब लिग च्याम्पियन चर्च बोइज युनइटेड र विभागीय टिम त्रिभुवन आर्मी क्लबले मात्र एएफसीको क्लब लाइसेन्स पाउने भएका छन्।
एएफसीको मापदण्ड पुरा गरेपछि एन्फाले दुवै क्लबलाई एएफसी लाइसेन्स दिएको हो।
लिग च्याम्पियन चर्च बोइजले पहिलो पटक एएफसी लाइसेन्स पाएको हो भने आर्मीले यसअघि पनि एएफसी लाइसेन्स पाएको थियो।
एएफसी लाइसेन्स पाएसँगै चर्च बोइजलेएएफसी कपमा नेपालको प्रतिनिधित्व गर्न पाउने भएको छ। अब उसले एएफसीको तेस्रो श्रेणीको प्रतियोगिताको छनोट चरण खेल्न पाउँछ।
यसअघिको लिग च्याम्पियन मच्छिन्द्रले एएफसी लाइसेन्स नहुँदा एएफसी प्रेसिडेन्ट कपको छनोट खेल्न पाएको थिए। त्यो वर्ष लिगमा दोस्रो बनेको आर्मीले प्रेसिडेन्ट कप खेलेको थियो।
प्रकाशित मिति: २०:३५ बजे, सोमबार, वैशाख ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशनसोमबार, मंसिर १०, २०८१
पुल नबन्दा स्थानीयलाई सास्तीसोमबार, मंसिर १०, २०८१
सरकारी वकिल कार्यालयले यसकारण चलाएन कोशी सांसद अधिकारीविरूद्ध मुद्दासोमबार, मंसिर १०, २०८१