प्रदीप यादव बने स्वास्थ्यमन्त्री
सोमबार साँझ मन्त्री यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ गराएका छन्।
काठमाडाैं, वैशाख ३१ : अशोक राई नेतृत्वको नवगठित जनता समाजवादी पार्टीका प्रदीप यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन्।
सोमबार साँझ मन्त्री यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ गराएका छन्।
यसअघि यो मन्त्रालय जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्हालेका थिए। उपेन्द्र आजैमात्र पदबाट राजीनामा दिँदै सरकार छाडेका थिए।
यस्तै, जसपाकै हसिना खानले स्वास्थ्य राज्यमन्त्रीको शपथ लिएकी छन्। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ गराएका थिए।
योसँगै वर्तमान सरकारमा अशोक राई नेतृत्वको जसपाका २ मन्त्री र १ राज्यमन्त्री भएका छन्। नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री रहेका छन्।
जसपाबाट रञ्जु झा पनि मन्त्री बन्ने चर्चा थियो। तर, मन्त्रालय रिक्त नरहेकाले मन्त्रालय खाली गरेर मात्र उनलाई सरकारमा ल्याइने बताइएको छ।
प्रकाशित मिति: १९:३२ बजे, सोमबार, वैशाख ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)