Kathmandu Press

‘समान हैसियत हुँदा सरकारमा बस्छौं, नत्र सरकारमा बस्नुको औचित्य हुँदैन’

सोमबारको पोलिटब्यूरोको बैठकपछि उनले सञ्चारकर्मीसँग शक्ति अनुसारको समान हैसियत प्राप्त गर्ने हो भने राजनीतिक स्थिरता प्रदान गर्नका लागि सरकारमा बस्न तयार रहेको बताए।
‘समान हैसियत हुँदा सरकारमा बस्छौं, नत्र सरकारमा बस्नुको औचित्य हुँदैन’

काठमाडौं, वैशाख ३१ : नेकपा एकीकृत समाजवादीले सत्ता साझेदारीमा निरन्तरताका लागि प्रधानमन्त्रीसँग प्रभावकारी भूमिकाको जिम्मेवारी खोज्ने संकेत गरेको छ।

उपेन्द्र यादव नेतृत्वको जसपा सरकारबाट बाहिरिएलगत्तै एकीकृत समाजवादीले बस्ने वा छाड्ने अन्योलबीच रहिरहन ‘बार्गेनिङ’को नीति लिने देखिएको हो।

Hardik ivf

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले मुलुकलाई राजनीतिक स्थिरता प्रदान गर्नका लागि एकीकृत समाजवादी सरकारमा बस्न जहिले पनि तयार रहेको बताएका छन्।

सोमबारको पोलिटब्यूरोको बैठकपछि उनले सञ्चारकर्मीसँग शक्ति अनुसारको समान हैसियत प्राप्त गर्ने हो भने राजनीतिक स्थिरता प्रदान गर्नका लागि सरकारमा बस्न तयार रहेको बताए।

‘हामी आफ्नो अडानमा छौं, सरकारमा किन बस्ने हाम्रो दृष्टिकोण प्रष्ट छ । शक्ति अनुसारको समान हैसियत प्राप्त गरे, राजनीतिक स्थिरता प्रदान गर्नको लागि हामी सरकारमा बस्न जहिले पनि तयार छौं,’ उनले भने, ‘तर नीतिविना, कार्यक्रमविना नीति कार्यक्रम र बजेटमा हाम्रो भ्रमिका विना सरकारमा बस्ने कुरा प्रश्नवाचक नै बन्छ।’

यस्तै, उनले पार्टीको केन्द्रीय कमिटीको बैठक जेठ १ र २ गते हुने जानकारी पनि दिए।

प्रकाशित मिति: १९:१६ बजे, सोमबार, वैशाख ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्