६,७०५ जनाले बुझाएनन् सम्पत्ति विवरण
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा संघ, प्रदेश र स्थानीय तहका कुल ७,४६,४६३ मध्ये ७,३९,७५८ जना पदाधिकारी तथा कर्मचारीहरुले समयमा सम्पत्ति विवरण बुझाएका छन्।काठमाडौं, वैशाख ३१ : राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष आर्थिक वर्ष २०७९÷८० को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेश गरेको छ।
केन्द्रका सचिव राम आधार शाहले सोमबार एक कार्यक्रमकाबीच अख्तियार प्रमुख प्रेमकुमार राई समक्ष प्रतिवेदन पेश गरे।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा संघ, प्रदेश र स्थानीय तहका कुल ७,४६,४६३ मध्ये ७,३९,७५८ जना पदाधिकारी तथा कर्मचारीहरुले समयमा सम्पत्ति विवरण बुझाएको उल्लेख छ । ६,७०५ जनाले निर्धारित समयभित्र नबुझाएको प्रतिवेदनले औंल्याएको छ।
प्रकाशित मिति: १८:१३ बजे, सोमबार, वैशाख ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने, भ्रमण टोलीमा ८७ जनाबिहीबार, मंसिर १३, २०८१
परराष्ट्रमन्त्री राणा चीनको छेङ्दुमाबिहीबार, मंसिर १३, २०८१
रवि लामिछानेलाई काठमाडौं ल्याउँदा त्रिभुवन विमानस्थलमा जे देखियो [फोटो फिचर]बिहीबार, मंसिर १३, २०८१
मानव बेचबिखनको आरोपमा एक जना पक्राउबिहीबार, मंसिर १३, २०८१