Kathmandu Press

सिंहदरबारमा प्रधानमन्त्री दाहाल, ओली र लामिछानेबीच छलफल

संसदीय छानविन समिति गठन गर्न कांग्रेसको माग र संसद्को गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल चलिरहेको जनाइएको छ।
सिंहदरबारमा प्रधानमन्त्री दाहाल, ओली र लामिछानेबीच छलफल
फाइल तस्बिर।

काठमाडौं, वैशाख ३१ : चितवनको कार्यक्रमबाट फर्केका प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अहिले उनीहरूबीच छलफल भइरहेको छ। संसदीय छानविन समिति गठन गर्न कांग्रेसको माग र संसद्को गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल चलिरहेको जनाइएको छ।

Hardik ivf

मंगलबार साँझ ६ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ। त्यसअघि दलहरूबीच सहमतिको प्रयास गरिएको छ।

 

प्रकाशित मिति: १८:०३ बजे, सोमबार, वैशाख ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्