Kathmandu Press

आम जनता पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप

आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो । झडपमा परी आजपा केन्द्रीय सदस्य चन्दादेवी साह र चन्द्रिका साह गम्भीर घाइते भएको जनाइएको छ।
आम जनता पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप

काठमाडौं, वैशाख ३१ : विभिन्न माग राखेर त्रिपुरेश्वरको भन्सार विभागअघि शान्तिपूर्ण धर्ना र घेराउ गर्दै आएका आम जनता पार्टी (आजपा) निकट आम सम्पर्क मञ्च र प्रहरी बीच झडप भएको छ।

आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो । झडपमा परी आजपा केन्द्रीय सदस्य चन्दादेवी साह र चन्द्रिका साह गम्भीर घाइते भएको जनाइएको छ।

Hardik ivf

झडपपछि प्रहरीले आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापामगर, प्रवक्ता चन्द्रभूषण साह, आजपा नेतृ एवं भन्सार कानून सुधार संघर्ष समितिकी संयोजक रञ्जु साह, नेताहरु आर्य पाण्डे, चन्द्रिकालाल साह, देवकुमारी साह, कनक सिंह, मिनादेवी साह, विरवल यादव, हरिनारायण साहलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

आजपाले भन्सारमा भएको लुट रोक्न माग गरेर आन्दोलन गर्दै आएको थियो।

प्रकाशित मिति: १७:५८ बजे, सोमबार, वैशाख ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्