सुदूरपश्चिम मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन तेस्रोपल्ट बैठक आह्वान
विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयले ३ जेठ बिहान १०ः१५ बजेका लागि प्रदेश सभाको बैठक डाकेको छ।
कैलाली, वैशाख ३१ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको छ।
सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको यो तेस्रो पटक हो।
विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयले ३ जेठ बिहान १०ः१५ बजेका लागि प्रदेश सभाको बैठक डाकेको छ।
यसअघि प्रदेश सभा सचिवालयले २१ वैशाखमा पहिलो र २२ वैशाखमा दोस्रो पटक विश्वासको मत लिन बैठक डाकेको थियो। तर नेकपा एमालेले मुख्यमन्त्रीले हतार गरेका कारण तत्काल विश्वासको मत दिन नसकिने अडान राखेका कारण प्रदेश सभाको बैठक स्थगित भएको थियो।
तर अहिलेसम्म पनि एमालेले सोडारीलाई विश्वासको मत दिने विषयमा कुनै निर्णय लिएको छैन।
प्रकाशित मिति: १७:५२ बजे, सोमबार, वैशाख ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)