Kathmandu Press

सुदूरपश्चिम मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन तेस्रोपल्ट बैठक आह्वान

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयले ३ जेठ बिहान १०ः१५ बजेका लागि प्रदेश सभाको बैठक डाकेको छ।
सुदूरपश्चिम मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन तेस्रोपल्ट बैठक आह्वान

कैलाली, वैशाख ३१ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको छ।

सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको यो तेस्रो पटक हो।  

Hardik ivf

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयले ३ जेठ बिहान १०ः१५ बजेका लागि प्रदेश सभाको बैठक डाकेको छ।

यसअघि प्रदेश सभा सचिवालयले २१ वैशाखमा पहिलो र २२ वैशाखमा दोस्रो पटक विश्वासको मत लिन बैठक डाकेको थियो। तर नेकपा एमालेले मुख्यमन्त्रीले हतार गरेका कारण तत्काल विश्वासको मत दिन नसकिने अडान राखेका कारण प्रदेश सभाको बैठक स्थगित भएको थियो।

तर अहिलेसम्म पनि एमालेले सोडारीलाई विश्वासको मत दिने विषयमा कुनै निर्णय लिएको छैन।

प्रकाशित मिति: १७:५२ बजे, सोमबार, वैशाख ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्