Kathmandu Press

सरकारलाई दिएको समर्थन जसपाले फिर्ता लियो

संसदीय दलका नेता उपेन्द्र यादवले सोमबार सभामुखलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका छन्।
सरकारलाई दिएको समर्थन जसपाले फिर्ता लियो

काठमाडौं, वैशाख ३१ : जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

संसदीय दलका नेता उपेन्द्र यादवले सोमबार सभामुखलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका छन्।

Hardik ivf

मधेश प्रदेशमा आफ्नो नेतृत्वमा सरकारलाई दिएको समर्थन एमाले र माओवादीले फिर्ता लिएपछि जसपा नेपालले पनि केन्द्र सरकारलाई दिएको समर्थ फिर्ता लिएको हो।

सोमबार दिउँसो नै जसपाबाट सरकारमा सहभागी उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले राजीनामा दिएका थिए।

जसपाले अब प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निर्वाह गर्ने बताएको छ।

प्रकाशित मिति: १७:१६ बजे, सोमबार, वैशाख ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्