अमेरिका–क्यानाडाको सपना देखाएर ठगी गर्ने गिरोहका सदस्यलाई काठमाडौं ल्याइयो
वैदेशिक ठगीबारे अनुसन्धान गर्दै आएका प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द पन्थी नेतृत्वको टोलीले दिल्लिबाट पक्राउ गरी उनीहरुलाई नेपाल ल्याएको हो।(13)-1715599303.jpg)
काठमाडौं, वैशाख ३१ : अमेरिका र क्यानडा पठाउने नाममा करोडौँ रकम असुली गरी पीडित युवालाई अफ्रिकी मुलुकमा बन्धक बनाउने गिरोहमा संलग्न व्यक्तिलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
भारतको दिल्लीमा सेल्टर बनाएर ओखलढुंगाका जगतबहादुर तामाङसहितले समूह नै खडा गरेको प्रहरीले जनाएको छ। वैदेशिक ठगीबारे अनुसन्धान गर्दै आएका प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द पन्थी नेतृत्वको टोलीले दिल्लिबाट पक्राउ गरी उनीहरुलाई नेपाल ल्याएको हो।
पक्राउ पर्नेमा तामाङसहित तनहुँका विष्णुबहादुर बराली र जंगबहादुर विक छन्। तीनैजनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ।
प्रहरी अनुसन्धानबाट युवाहरूलाई केन्या, युगान्डा हुँदै ब्राजिल पु¥याउने र त्यहाँबाट अमेरिका छिराउने धन्दामा संलग्न भएको खुलेको छ।
केही समयअघि उनीहरूले नेपाली युवालाई अमेरिका पठाउने भन्दै १५ जनालाई युगान्डा पु¥याएर नौ महिना बन्धक बनाएको तथ्य बाहिरिएको थियो।
उक्त गिरोहले १५ जना युवाबाट पाँच करोड ५० लाख रुपैयाँ असुली गरेको खुलेको छ। युगान्डाबाट फर्किएका पीडित युवाहरूले उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएपछि उनीहरू पक्राउ परेका हुन्।












