Kathmandu Press

सभामुख र कांग्रेस सभापति देउवाबीच टेलिफोन संवाद

सभामुख र कांग्रेस सभापति देउवाबीच टेलिफोन संवाद

काठमाडौं, वैशाख ३१ : सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच टेलिफोन संवाद भएको छ।

जेठ १ गते संसदमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा केन्द्रित रहेर सभामुख घिमिरे र सभपाति देउवाबीच कुराकानी भएको हो।

Hardik ivf

कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणको छानविन गर्न संसदीय समिति गठनको माग गर्दै संसदको बैठक अवरुद्ध गर्दै आएको छ।

सरकारले समिति गठन गर्ने कुनै तयारी नगरेकाले नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठक पनि कांग्रेसले अवरुद्ध गर्ने भनेपछि सभापति घिमिरेले कांग्रेस सभापति देउवासँग छलफल गरेका हुन्।

कुराकानीमा सभापति देउवाले छानविन समिति गठनको मागबाट कांग्रेसपछि नहट्ने अडान दोहोर्‍याएको बताइएको छ।

प्रकाशित मिति: १६:२५ बजे, सोमबार, वैशाख ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्