यो पटक नीति एकातिर, बजेट अर्कोतिर हुँदैन : मन्त्री भण्डारी
उनले चाडपर्व लक्षित गरेर सामानहरु अभाव हुने गरेको गुनासो रहेको भन्दै अभाव हटाउन र सहजता गर्ने कुरा मन्त्रालयको उच्च प्राथमिकतामा रहेको बताए।
काठमाडौं, वैशाख ३१ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले यो पटक नीति एकारित, बजेट अर्कोतरि नहुने बताएका छन्।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको बैठकमा उनले यसपालि नीतिगत रुपमा सुधार सरकारको प्रमुख कार्यसूचीमा रहेकाले नीति एकारित बजेट अर्कोतिर नहुने बताए।
‘नीति एकातिर बजेट अर्को जाने कुराहरु पनि आएको छ। त्यसकारण अहिले नीतिगत रुपमा हाम्रा सुधारका पक्ष अहिलेको सरकारको प्रमुख कार्यसूचीमा छ,’ मन्त्री भण्डारीले भने, ‘त्यसलाई कार्यान्वयन गर्ने कुरामा सरकारको बजेट मात्र प्रयाप्त हुँदैन त्यसमा नीति क्षेत्रको बजेटलाई पनि दिशानिर्देश गर्ने कुराले पनि उद्योग क्षेत्रमा एउटा आशा ल्याउने छ।’
मन्त्री भण्डारीले अति आवश्यक वस्तुहरुको मूल्य न्यूनीकरणमा मन्त्रालय सजक रहेको बताएका छन्। उनले चाडपर्व लक्षित गरेर सामानहरु अभाव हुने गरेको गुनासो रहेको भन्दै अभाव हटाउन र सहजता गर्ने कुरा मन्त्रालयको उच्च प्राथमिकतामा रहेको बताए।
‘चाडपर्व लक्षित गरेर सामानहरु अभाव हुने गरेको गुनासो आउने गरेको छ। आगामी दिनहरुमा, चाडपर्वहरुमा त्यो अभाव महशुस हुन नदिने र सहजता गर्ने कुरा मन्त्रालयको उच्च प्राथमिकतामा रहेको छ,’ उनले भने।
मूल्य वृद्धिमा नियन्त्रण गर्ने कुरामा पनि मन्त्रालय सजक रहेको बताउँदै उनले अत्यावश्यक वस्तुहरुको सहजताको लागि कार्ययोजनाहरु बनाएको बताए।
बैठकमा समिति सभापति अब्दुल खानले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दुर्गम क्षेत्रमा सुलभ रुपमा नुनको उपलब्धता र कालो बजारी रोक गर्नको लागि निर्देशन दिएको छ।












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)