हिक्मत कार्कीले पाए विश्वासको मत
सोमबार प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत पाउँ भनी रखेको प्रस्तावको पक्षमा ५७ मत परेको छ।
काठमाडौं, वैशाख ३१ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन्।
सोमबार प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत पाउँ भनी रखेको प्रस्तावको पक्षमा ५७ मत परेको छ। कार्कीको पक्षमा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मत दिएका थिए।
५ मत भने तटस्थमा परेको थियाे।
सर्वोच्च अदालतमा कार्कीको मुख्यमन्त्री नियुक्तिको मुद्दा विचाधिर रहेकै अवस्थामा विश्वास मत लिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने प्रदेशसभा बैठक बहिष्कार गरेको थियो।
प्रकाशित मिति: १५:४७ बजे, सोमबार, वैशाख ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)