Kathmandu Press

नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम पनि बढ्यो

१३ उपसमूहमा फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापारबाहेक सबैमा बढोत्तरी हुँदा परिसूचक सकारात्मक देखिएको हो।
नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम पनि बढ्यो

काठमाडौं, वैशाख ३१ : साताको दोस्रो दिन नेप्से दोहोरो अंकले बढेको छ। सोमबार नेप्से २४.३९ अंकले बढ्दै १९९८.८९ विन्दुमा पुगेको छ।

सोमबार ९५ लाख ४१ हजार १७ कित्ता सेयर ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँमा किनबेच भएको छ। आइतबार ८.२६ अंकले बढ्दै १९७४.५० विन्दुमा बजार बन्द हुँदा ७८ लाख ५७ हजार ३१ कित्ता सेयर ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको थियो।

Hardik ivf

१३ उपसमूहमा फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापारबाहेक सबैमा बढोत्तरी हुँदा परिसूचक सकारात्मक देखिएको हो। वाणिज्य बैंक उपसमूह ३.२१ प्रतिशतले बढेको छ भने लगानी उपसमूह २.०४ प्रतिशतले बढेको छ।

१४८ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा छन् । ८५ कम्पनीको घटेको छ भने ११ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।

सर्वाधिक कारोबार हुनेमा नेपाल रिइन्स्योरेन्स कम्पनी रह्यो । उक्त पुनर्बीमा कम्पनीको ३० करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै सीइबीडी हाइड्रोपावरको २८ करोड २३ लाख, कर्णाली विकास बैंकको ९ करोड ३३ लाख, पोखरा फाइनान्स ६ करोड ८५ लाख, कुमारी बैंकको ६ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।  

नारायणी विकास बैंक, समाज लघुवित्त र माण्डु हाइड्रोपावरलगायतका तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। सृजनशील लघुवित्त, हिमालयन ऊर्जा विकास कम्पनी र गुराँस लघुवित्तको सेयर पनि सर्किटस्तरमा बढेको छ।

प्रकाशित मिति: १५:३९ बजे, सोमबार, वैशाख ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्