Kathmandu Press

‘दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ’

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबीचमा सन्तुलन कायम गरी जनताका आकांक्षालाई सम्बोधन गरिने प्रधानमन्त्री दाहालले बताए।
‘दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छ’

चितवन, वैशाख ३१ : प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्।

पूर्वी चितवनका अगुवा कार्यकर्तासँगको भएको भेटमा प्रधानमन्त्री दाहालले राजनीतिक दलहरूबीच अनौपचारिक एवं औपचारिकरूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताए।

Hardik ivf

‘सदनको गतिरोध अन्त्य भइसकेको छैन,’ उनले भने ‘आज यसबारे हामी टुङ्गोमा पुग्नुपर्नेछ, दलहरूबीच सघन छलफल हुन्छ।’

सरकारको समीकरणका विषयमा विभिन्न तवरले हुने गरेको टीकाटिप्पणीप्रति संकेत गर्दै प्रधानमन्त्री दाहाल सरकारको स्थीरतामा कुनै समस्या  भएको बताए। उनले सहमतिअनुसार मिलेर अघि बढ्ने बताउँदै यो गठबन्धन पूरै कार्यकाल जाने बताए।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबीचमा सन्तुलन कायम गरी जनताका आकांक्षालाई सम्बोधन गरिने प्रधानमन्त्री दाहालले बताए।

‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबीच सन्तुलन कायम गरिनेछ। कृषिलाई आधार र नवप्रवर्तनलाई केन्द्रित गरेर ‘पपुलिष्ट’ होइन ‘पपुलर’ बजेट बन्छ,’ उनले भने।

सरकारले उत्पीडित, गरिब, बिपन्न, विकट क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले कृषिमा आधारित उद्योगको प्रवर्द्धनमा जोड दिइने बताए।

प्रकाशित मिति: १५:२० बजे, सोमबार, वैशाख ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्