यो मनसुनमा सरदरभन्दा बढी पानी पर्ने
मौसमविद् सुदर्शन हुमागाईंले अधिकांश स्थानमा सरदरभन्दा ३५.४ प्रतिशतदेखि ५५.४ प्रतिशत अधिक वर्षा हुने सम्भावना रहेको जानकारी दिए।
काठमाडौं, वैशाख ३१ : जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
राष्ट्रिय मनसुन फोरम, २०८१ ले आगामी मनसुनी अवस्थाबारे आज आयोजित सार्वजनिक कार्यक्रममा विभागमा मौसमविद् सुदर्शन हुमागाईंले अधिकांश स्थानमा सरदरभन्दा ३५.४ प्रतिशतदेखि ५५.४ प्रतिशत अधिक वर्षा हुने सम्भावना रहेको जानकारी दिए।
सुदुरपश्चिमको उत्तरी–पश्चिम, बागमतिको दक्षिण–पूर्वी, मधेसको मध्य र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिम भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५.४ देखि ६५.५ प्रतिशत छ।
साथै कर्णालीको पश्चिमी, गण्डकीको मध्य तथा कोशी प्रदेशको उत्तर–पूर्वी भू–भागमा सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ।
साथै न्यूनतम तापक्रम देशका अधिकांश स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५.४ प्रतिशत रहेको विभागको अनुमान छ।












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)