Kathmandu Press

अशोक राईको जसपाको ३ जना मन्त्री बन्दै, आजै शपथकाे तयारी

प्रदीप यादवलाई स्वास्थ्यमन्त्री र हसिनालाई स्वास्थ्यराज्यमन्त्री बानाउने तयारी गरिएको छ। रञ्जु भने तत्कालका लागि विनाविभागीय मन्त्री बन्नेछिन्।
अशोक राईको जसपाको ३ जना मन्त्री बन्दै, आजै शपथकाे तयारी

काठमाडौं, वैशाख ३१ : उपेन्द यादव नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएलगत्तै सोही पार्टी फुटेर बनेको अशोक राई नेतृत्वको सजपा सरकारमा जाने भएको छ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री रहेका यादव र राजमन्त्री दीपक कार्कीले आजैमात्र राजीनामा दिएका थिए।

Hardik ivf

उपेन्द्रको जसपाले सरकार छाडेको केही घण्टामै प्रधानमन्त्री पुष्पकल दाहालले अशोक राईको जसपाबाट ३ जनालाई मन्त्री बनाउने तयारी गरेका छन्।

जसअनुसार जसपाबाट पार्टीका सचिव प्रदीप यादव, रञ्जु झा मन्त्री बन्दैछन् भने हसिना खान राज्यमन्त्री बन्ने छन्। जसपाले तीनै जनाको नाम प्रधानमन्त्रीलाई बुझाइसकेको छ।

प्रदीप यादवलाई स्वास्थ्यमन्त्री र हसिनालाई स्वास्थ्यराज्यमन्त्री बानाउने तयारी गरिएको छ। रञ्जु भने तत्कालका लागि विनाविभागीय मन्त्री बन्नेछिन्।

तीनै जनालाई आजै बेलुकासम्म शपथ गराउने तयारी भइरहेको बताइएको छ।

प्रकाशित मिति: १४:५४ बजे, सोमबार, वैशाख ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्