हिक्मत कार्कीलाई विश्वासको मत दिएर एकीकृत समाजवादी प्रतिपक्षी बेन्चमा बस्ने
संसदीय दलको तर्फबाट प्रदेशसभा बैठकमा सम्बोधन गर्दै प्रदेशसभा सदस्य कमल प्रसाद जगेबुले सत्ता गठबन्धनमा रहेको कारणले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीलाई पूर्ण समर्थन रहने बताए ।विराटनगर, वैशाख ३१ : नेकपा एकीकृत समाजवादीले कोसी प्रदेशमा मुख्यमन्त्री हिक्मतबहादुर कार्कीलाई विश्वासको मत दिएर प्रतिपक्षी बेन्चमा बस्ने भएको छ।
प्रतिपक्षी बेन्चमा रहेपनि एकीकृत समाजवादीले विश्वासको मत भने भने दिने निर्णय लिएको छ।
संसदीय दलको तर्फबाट प्रदेशसभा बैठकमा सम्बोधन गर्दै प्रदेशसभा सदस्य कमलप्रसाद जगेबुले सत्ता गठबन्धनमा रहेको कारणले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीलाई पूर्ण समर्थन रहने बताए।
‘हामी सत्ता गठबन्धनमा छौँ, तर सरकारमा छैनौँ। त्यसैले हाम्रो दल प्रतिपक्षीको बेन्चमा रहने कुरा पनि जानकारी गराउन चाहन्छौँ,’ उनले भने।
उनले कोशी नामकरणका विषयमा पनि असहमति रहेको बताए। अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिन हतार गरेको उनको टीप्पणी छ।
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्रदेसभामा विश्वासको मत लिने तयारीमा छन्। प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका प्रदेससभा सदस्य भने अनुपस्थित छन्।