Kathmandu Press

निर्वाचन आयोगविरुद्ध उपेन्द्र यादव सर्वोच्चमा

निर्वाचन आयोगले दलको न्युनतम सर्त र प्रक्रिया समेत पूरा नगरी राजनीतिक आग्रहका आधारमा दल विभाजित गरेको दाबीसहित यादव सर्वोच्च पुगेका हुन्।
निर्वाचन आयोगविरुद्ध उपेन्द्र यादव सर्वोच्चमा

काठमाडौं, वैशाख ३१ : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

निर्वाचन आयोगले दलको न्युनतम सर्त र प्रक्रिया समेत पूरा नगरी राजनीतिक आग्रहका आधारमा दल विभाजित गरेको दाबीसहित यादव सर्वोच्च पुगेका हुन्।

Hardik ivf

सर्वोच्चले आगामी जेठ २ गते यादवको रिटमा पेसी तय गरेको छ। उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अशोक राईको नेतृत्वमा सात जना सांसदसहित निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता भएको थियो।

आयोगले राई नेतृत्वको समूहलाई जनता समाजवादी पार्टीको नामसहित दलीय मान्यता दिएको छ।

यादवले कानुन नै नभएको समयमा दल विभाजन हुन नसक्ने दाबी सर्वोच्चमा गरेका छन्। निर्वाचन ऐन नभएका बेला नियमावलीका भरमा दल विभाजन गर्न नपाइने भन्दै आयोगको निर्णय बदर घोषित गर्न माग गरिएको छ।

प्रकाशित मिति: १४:१७ बजे, सोमबार, वैशाख ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्