Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने

सत्ता गठबन्धनका दलहरुसँग छलफल गरेरपछि मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वास मत लिने तय भएको नेकपा एकीकृत समाजवादीले जनाएको छ।
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने

कैलाली, वैशाख ३१ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले जेठ ३ गते विशवासको मत लिने भएका छन्।

सत्ता गठबन्धनका दलहरुसँग छलफल गरेरपछि मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वास मत लिने तय भएको नेकपा एकीकृत समाजवादीले जनाएको छ।

Hardik ivf

यसअघि मुख्यमन्त्री सोडारीले वैशाख २० गते नै विश्वासको मत लिने तयारी गरेका छन्, तर एमाले विश्वासको मत दिन तयार नभएपछि प्रदेशभास बैठक स्थगित गरिएको थियो।

केन्द्रमा आएको निर्देशन अनुसार विश्वासको मत लिने तयारी भएको समाजवादीका सुदूरपश्चिम संसदीय दलका उपनेता प्रकाश रावलले बताए।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ सदस्यको मत आवश्यक पर्छ।

प्रकाशित मिति: १४:१३ बजे, सोमबार, वैशाख ३१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्