Kathmandu Press

नयाँ पुस्ता लक्षित शास्त्रीय सङ्गीत उत्सव

संगीतको व्याकरण शास्त्रीय संगीतप्रति अकर्षण घटिरहेको समयमा नयाँ पुस्तालाई यसबारेमा जानकारी गराउन उत्सव गरिएको शास्त्रीय संगीत तथा परम्परागत विभाग प्रमुख डक्टर किराँतले बताए।
नयाँ पुस्ता लक्षित शास्त्रीय सङ्गीत उत्सव

कास्की, वैशाख ३१ : पोखरामा नयाँ पुस्तालाई लक्षित गर्दै शास्त्रीय संगीत उत्सव गरिएको छ।

आइतबार नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको शास्त्रीय संगीत तथा परम्परागत विभागको आयोजनामा उत्सव गरिएको हो। कार्यक्रममा शास्त्रीय संगीत समाज गण्डकी र विन्ध्यावासिनी धार्मिक विकास समितिले सहकार्य गरेको थियो।

Hardik ivf

संगीतको व्याकरण शास्त्रीय संगीतप्रति अकर्षण घटिरहेको समयमा नयाँ पुस्तालाई यसबारेमा जानकारी गराउन उत्सव गरिएको शास्त्रीय संगीत तथा परम्परागत विभाग प्रमुख डक्टर किराँतले बताए।

प्रदीप सारुमगरको यमन रागबाट सुरु भएको उत्सव नृत्ंगना माया थापाको शास्त्रीय कथक नृत्यमार्फत बिट मारिएको थियो। उत्सवमा संगीत र नृत्यका आठ प्रस्तुति राखिएको थियो ।

उत्सवमा गण्डकीका कलाकारले तीन शास्त्रीय सङ्गीतको प्रस्तुति दिएको उत्सवमा काठमाडौंबाट आएका कलाकारका पाँच वटा प्रस्तुति रहेका थिए।

गायिका संगीता रानाप्रधान, गायक तीर्थराज पोखरेल, बाँसुरीवादक दुर्गाप्रसाद खतिवडा, नृत्यांगाना माया थापा, गायक प्रदीप सारुमगर, विमल लामिछाने, कोएष्टिक पौडेल र अभिषेक भुसालको प्रस्तुति थियो।

उत्सवमा शास्त्रीय संगीतको थरीथरीका रागमा पोखरेलीले झुम्ने अवसर पाएको शास्त्रीय संगीत समाज गण्डकीका अध्यक्ष श्यामलाल श्रेष्ठले बताए। राणाकालीन समयदेखि नै पोखरामा शास्त्रीय संगीतको माहोल सुरु भएको उनले सुनाए।

विभाग प्रमुख किराँतले पश्चिमा संगीतको प्रभावले सङ्गीतको व्याकरण शास्त्रीय संगीतप्रति आकर्षण घटिरहेको बताए। यो उत्सवले नयाँ पुस्तालाई शास्त्रीय संगीतमा लाग्न प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १३:४८ बजे, सोमबार, वैशाख ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘लाइफ ड्यामेज’को शुभमुहूर्त
‘लाइफ ड्यामेज’को शुभमुहूर्त
चर्चित गीतकार एलपी जोशीको निधन
चर्चित गीतकार एलपी जोशीको निधन