Kathmandu Press

कोशी प्रदेशसभा बैठकमा कांग्रेस अनुपस्थित

प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु उपस्थित भएका छैनन्। कांग्रेस उपस्थित नभएपछि सभामुखले बैठक भने अगाडि बढाएका छन्।
कोशी प्रदेशसभा बैठकमा कांग्रेस अनुपस्थित
फाइल तस्बिर।

मोरङ, वैशाख ३१ : मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि कोशी प्रदेशसभा बैठक सुरु भएको छ।

तर, प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु उपस्थित भएका छैनन्। कांग्रेस उपस्थित नभएपछि सभामुखले बैठक भने अगाडि बढाएका छन्।

Hardik ivf

प्रदेशसभा चलिरहेकै बेला कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ।

अदालतमा मुद्दा चलिरहेको बेला विश्वासको मत लिएको भन्दै कांग्रेसले त्यसको विरोध गरिरहेको छ।

प्रकाशित मिति: १३:३८ बजे, सोमबार, वैशाख ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्