उपचार गर्नुभन्दा रोग लाग्नै नदिनेतर्फ लागौं : मन्त्री श्रेष्ठ
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उपचारको लागि हुने खर्चको एक भाग रोग लाग्नै नदिने पक्षमा लगाउने हो भने स्वास्थ्य क्षेत्रमा धेरै सुधार हुने बताए।
काठमाडौं, वैशाख ३१ : परराष्ट्र तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उपचारभन्दा पनि रोग लाग्न नदिने पक्षमा बढी जोड दिनुपर्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उपचारको लागि हुने खर्चको एक भाग रोग लाग्नै नदिने पक्षमा लगाउने हो भने स्वास्थ्य क्षेत्रमा धेरै सुधार हुने बताए।
‘हामीले कस्तो नीति तय गर्ने हो त्यसका लागि आफैं निर्णय गरौं। विरामी हुने अनि उपचार गर्ने हो की सकेसम्म विरामी नहुने भन्ने विषय आफैंमा निर्भर हुन्छ। अस्पताल, डाक्टर, मेडिसिन र प्रविधिको कुरा नगरौं,’ उनले भने, ‘निरोगी रहने प्रयास गरौं। उपचारका लागि खर्च गर्नुभन्दा स्वस्थ्य रहनका लागि खानपानका लागि व्यवस्था गरौं।’
यसको साथै उनले नेपालको गुणस्तर शिक्षा भनेको राम्रो अंकमा पास गर्ने, अंग्रेजी बोल्ने र रोजगार सुनिश्चित गर्नेसम्म मात्रै सिमित भएको भन्दै शिक्षा जीविकोपार्जनको साधनको रुपमा प्रयोग गर्न नहुने बताए।












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)