Kathmandu Press

आफ्ना माग वेवास्ता गरिए कोशी प्रदेशसभा बैठक अबरुद्ध गर्ने कांग्रेसको तयारी

यस बिषयमा कांग्रेसले संविधान, कानुन र अदालतमा विचाराधीन मुद्दाका विषयमा सभामुखको ध्यानाकर्षण गराउने र बेवास्ता गरे प्रदेश सभा बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी छ।
आफ्ना माग वेवास्ता गरिए कोशी प्रदेशसभा बैठक अबरुद्ध गर्ने कांग्रेसको तयारी

माेरङ, वैशाख ३१ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत लिने तयारी भइरहेका बेला नेपाली कांग्रेसले बैठक अबरुद्ध गर्ने तयारी गरेको छ।

कार्की नेतृत्वको सरकारको वैधतामा प्रश्न उठाउँदै अदालतमा मुद्दा विचाराधीन रहेको बेला विश्वासको मत लिन नमिल्ने भनाई कांग्रेसको छ।

Hardik ivf

यस बिषयमा कांग्रेसले संविधान, कानुन र अदालतमा विचाराधीन मुद्दाका विषयमा सभामुखको ध्यानाकर्षण गराउने र बेवास्ता गरे प्रदेश सभा बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी छ।

बिहान ११ बजे बस्ने भनिएको बैठक अझै सुरु हुन सकेको छैन । कांग्रेस अहिले आन्तरिक छलफलमा छ।

प्रकाशित मिति: १२:३३ बजे, सोमबार, वैशाख ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्