Kathmandu Press

छानविन समिति गठन नभए नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने कांग्रेसको निष्कर्ष

पदाधिकारी बैठकले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति नबने सरकारको नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्न नदिने निचोड निकालेको हो।
छानविन समिति गठन नभए नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने कांग्रेसको निष्कर्ष
Hardik ivf

काठमाडौं, वैशाख ३१ : सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने निश्कर्ष नेपाली कांग्रेसले निकालेको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी बैठकले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति नबने सरकारको नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्न नदिने निचोड निकालेको हो।

कांग्रेसले पूर्ववत आफ्नो अडानलाई यथावत् राख्ने भएको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ। यसका लागि दिउँसो ३ बजे बैठक बोलाइएको छ।

प्रकाशित मिति: १२:३१ बजे, सोमबार, वैशाख ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्