Kathmandu Press

त्रिभुवन विमानस्थलबाट सुनसहित दुई भारतीय पक्राउ

फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौं आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख कृष्णहरि शर्माले जानकारी दिए।
त्रिभुवन विमानस्थलबाट सुनसहित दुई भारतीय पक्राउ

काठमाडौं, वैशाख ३१ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ।

फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौं आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रमुख कृष्णहरि शर्माले जानकारी दिए।

Hardik ivf

‘गएराति फ्लाई दुबईबाट काठमाडौं आएका दुई जना भारतीयले आफूले लगाएको लुगामा सुन जस्तो देखिने पहेँलो रङको धातु लेपन÷पेष्ट गरिएको अवस्थामा फेला परेपछि पक्राउ गरिएको छ,’ उनले भने।

पक्राउ परेकामध्ये सुरेश कुमारको लुगासहितको उक्त सुन जस्तो देखिने पहेँलो रङको धातुको तौल दुई किलो छ सय ग्राम तथा मोहनकुमारको लुगासहितको तौल दुई किलो पाँच सय ग्राम रहेको उनले बताए।

यो विषयमा रहरीले थप अनुसन्धान गरिरहेको उनले जनाए।

प्रकाशित मिति: १२:१९ बजे, सोमबार, वैशाख ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्