Kathmandu Press

प्रधानमन्त्रीले गरे ‘सिग्नेचर ब्रिज’को शिलान्याश

दाहालले पछिल्लो दुई दशकमा देशमा निकै भैतिक पूर्वाधारका क्षेत्रमा प्रगती भएको बताएका छन्। उनले देशमा भएको विकासको तुलनात्मक अध्ययन नै नगरी केही विकास नै नभएको जस्तो गरी नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको तर्क गरेका छन्।
प्रधानमन्त्रीले गरे ‘सिग्नेचर ब्रिज’को शिलान्याश

चितवन, वैशाख ३० : प्रधानमन्त्री पुष्पकमल दाहालले भैतिक पूर्वाधारका क्षेत्रमा भएको तुलनात्मक अध्ययन नै नगरी देशमा केही विकास नभएको नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको तर्क गरेका छन्।

उनले पूर्वपश्चिम राजमार्गको भरतपुर महानगरपालिका र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास व्यक्त गरे।
 
सोमबार पूर्वपश्चिम राजमार्गमा नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’ शिलान्याश गर्दै पूल निर्माण सम्पन्न भएपछि पूर्वपश्चिम राजमार्गको सवारी चाप व्यवस्थित हुने र त्यस क्षेत्रको पर्यटन प्रबद्र्धन र स्थानीय अर्थतन्त्रको विकास हुने विस्वास व्यक्त गरे।

Hardik ivf

‘सवारी चाप सम्बोधन हुनेछ, यसले सवारी समयको बचत हुनेछ। सबैभन्दा महत्त्वपूर्ण यसको निर्माणसँगै सडकको ‘कार्यक्षमता’ वृद्धि हुनेछ,’ प्रधानमन्त्री भने, ‘यस परियोजनाको सम्बन्ध सडक पूर्वाधार र यातायातसँग मात्र सम्बन्धित नभएर पर्यटन प्रबद्र्धधन, स्थानीय अर्थतन्त्रको विकास एवं रोजगारी सिर्जनामा मद्दत पुग्नेछ।’

यस्तै, दाहालले पछिल्लो दुई दशकमा देशमा निकै भैतिक पूर्वाधारका क्षेत्रमा प्रगती भएको बताएका छन्। उनले देशमा भएको विकासको तुलनात्मक अध्ययन नै नगरी केही विकास नै नभएको जस्तो गरी नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको तर्क गरेका छन्।

पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको विस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ताहरू आफ्नो बासस्थानबाट एक घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको उल्लेख गरे।

सडक विभागले नेपाल सरकारको अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका आधारमा सडक पूर्वाधारमा सकारात्मक पहल लिँदै आएको उल्लेख गरे। उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने जिकिर गरे।

 

प्रकाशित मिति: ११:४४ बजे, सोमबार, वैशाख ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्