Kathmandu Press

जसपा सरकारबाट बाहिरियो, उपेन्द्र यादव र दीपक कार्कीले दिए राजीनामा

जसपा फुटेसँगै एमाले र माओवादी जसपा नेृतत्वमा रहेको मधेस प्रदेश सरकारबाट बाहिरिएपछि उपेन्द्र यादवले पनि केन्द्र सरकार छाडेका हुन्।
जसपा सरकारबाट बाहिरियो, उपेन्द्र यादव र दीपक कार्कीले दिए राजीनामा

काठमाडौं, वैशाख ३१ : जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्र सरकारबाट बाहिरिएको छ।

जसपा फुटेसँगै एमाले र माओवादी जसपा नेृतत्वमा रहेको मधेस प्रदेश सरकारबाट बाहिरिएपछि उपेन्द्र यादवले पनि केन्द्र सरकार छाडेका हुन्।

Hardik ivf

एमालेले र माओवादीले जनमत पार्टी र लोसपासँग मिलेर मधेशमा नयाँ सरकार बनाउने तयारी गरेका छन्।

केन्द्र सरकारमा उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री रहेका उपेन्द्र यादवले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहलालाई पत्र लेख्दै राजीनामा दिएका हुन्। वर्तमान राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिएकाले राजीनामा दिएको बताएका छन्

‘सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिक दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विसकित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु,’ उपेन्द्रले राजीनामा पत्रमा लेखेका छन्।

उनीसँगै राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन्।

जसपाले आजै आकस्मिक रुपमा केन्द्रिय कार्यकारिणी समितिको बैठक पनि बोलाएका छ। बैठकपछि जसपाले सरकार छाड्ने आँकलन गरिएको थियो । तर, बैठक अघिनै जसपाबाट मन्त्री बनेका उपेन्द्र यादव र दीपक कार्कीले राजीनामा दिएका हुन्।

प्रकाशित मिति: ११:३४ बजे, सोमबार, वैशाख ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्