Kathmandu Press

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरुबाट लुटेकोमध्ये १४ लाख ५३ हजार बरामद गरेको उनले बताए।
सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

धनुषा, वैशाख ३१ : जनकपुरमा सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन्। प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो। पक्राउ परेका उनीहरुबाट लुटेकोमध्ये १४ लाख ५३ हजार बरामद गरेको उनले बताए।

गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनास्थित पोखरीबाट धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रुपैयाँ लुटिएको थियो।

सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले जनकपुरको हिमालय बैंकबाट ८० लाख रुपैयाँ रकम निकालेर लग्दैगरेको अवस्थामा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा सवार तीन जनाले रकम भएको झोला लुटेर फारार भएका थिए।

घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १०:३४ बजे, सोमबार, वैशाख ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्