Kathmandu Press

चिकित्सक र सुरक्षाकर्मीलाई निःशुल्क खाना खुवाउँदै बाजेको सेकुवा

काठमाडौं, चैत १६ : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेको छ। लकडाउनपछि सबै नागरिकह....

 चिकित्सक र सुरक्षाकर्मीलाई निःशुल्क खाना खुवाउँदै बाजेको सेकुवा

काठमाडौं, चैत १६ : विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेको छ। लकडाउनपछि सबै नागरिकहरु घरभित्रै बसेर सरकारको निर्देशनको पालना गरिरहेका छन्। 

चिकित्सकहरु बिरामीको सेवामा रातदिन खटिरहेका छन् भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पनि लकडाउन कार्यान्वयन गराउन सडकमा ओर्लिएका छन्। लकडाउनलाई उल्लंघन गरेर कोही मानिस बाटोमा निस्किएका छन् भने उनीहरुलाई घरबाहिर ननिस्किन सम्झाउँछन् र नियन्त्रणमा पनि लिन्छन्।

लकडाउनका कारण रेष्टुराँ र होटलहरु पूर्णरुपमा बन्द छन्। सबै रेष्टुराँ र होटल बन्द भएपछि खानपिनका लागि धेरैलाई समस्या भएको छ। जनताको सेवामा रातदिन खटिइरहेका चिकित्सकहरूलाई अस्पतालमै पुर्‍याएर निःशुल्क खाना खुवाइरहेको छ बाजेको सेकुवाले। बाजेको सेकुवाले लकडाउनमा खाना खानबाट बञ्जित भएका ज्यालादारी मजदुरहरुलाई पनि खाना खुवाइरहेको छ। 

बाजेको सेकुवाका अप्रेशन हेड सञ्जिव तिमिल्सिनाका अनुसार बाजेको सेकुवाले चिकित्सक, सुरक्षाकर्मी र अलपत्र परेका मानिसहरुलाई खाना खुवाइरहेको छ। ‘जनता जीउ ज्यानको सुरक्षामा खटिएका चिकित्सक र सुरक्षाकर्मीलाई निःशुल्क खाना खुवाएर सानो सहयोग गर्न खोजेका हौं,’ तिमिल्सिनाले काठमाडौंप्रेससँग भने। 

तिमिल्सिनाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेरै खाना खुवाउन सुरु गरिएको बताए।  बाजेको सेकुवाले अहिले पाटन अस्पताल, ह्याम्स अस्पताल र केमएसीमा चिकित्सकहरुका लागि खाना पु¥याइरहेको छ। योबाहेक सुरक्षाकर्मी र अत्यावश्यक परेका दैनिक ज्यालादारीमा गुजारा चलाउने मजदुरलाई पनि बाजेको सेकुवाले निःशुल्क खाना उपलब्ध गराउने तिमिल्सिनाले बताए।

ह्याम्स र केमसी अस्पतालको स्वास्थ्यकर्मी खाना पु¥याएर बत्तिसपुतलीस्थित बाजेको सेकुवामा फर्किएका उनलाई पाटन अस्पतालका स्वास्थ्यकर्मीलाई खाना पुर्‍याउन हतार थियो। ‘अस्पतालमा चिकित्सकहरुका लागि खाना खान लगेर जाँदा निकै आनन्द महसुस हुन्छ,’ उनले भने,‘रातदिन नभनेर उपचारमा खटिएका चिकित्सकहरुलाई समयमा खाना खुवाउनु हाम्रो दायित्व हो। थोरै भएपनि सहयोग गर्न पाउँदा हामी खुशी छौँ।’

निःशुल्क खाना खुवाउने काम बाजेको सेकुवाले आइतबारदेखि सुरु गरेको हो। त्यसैले पनि उनी निकै हतारमा छन् खाना पुर्‍याउन। ह्वाट्स एप र  भाइबरमा  कहाँ र कसलाई खाना आवश्यक परेको हो त्यो अर्डर उनको मोबाइलमा आउँछ। मोबाइलमा अर्डर आउनासाथ उनी खाना लिएर जान गरेका छन्। 

कतिपयले ह्वाट्स एप र भाइबरमा अर्डर गरेपनि कतिपयले फोन गरेरै खाना माग्ने गरेको उनले बताए। तिमिल्सिनाका अनुसार उनीसहित बाजेको सेकुवाका आठ जनाको टिमले अर्डर आउने खाना नि:शुल्क पुर्‍याइरहेको छ। 

प्रकाशित मिति: १६:१९ बजे, आइतबार, चैत १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्