सभापति खतिवडाद्वारा पीडित परिवारलाई सहयोग
स्थानीय सामुदायिक वनमा लागेको डढेलो बाहुनडाँडाको खरबारीमा सल्केपछि खरघाँस जोगाउने क्रममा ५५ वर्षीया पुण्यमाया धमला र १६ वर्षीय कञ्चन धमलाको जलेर मृत्यु भएको थियो ।
काठमाडौँ, वैशाख ३१ : राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परी आमा–छोरा गुमाएकाका परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
स्थानीय सामुदायिक वनमा लागेको डढेलो बाहुनडाँडाको खरबारीमा सल्केपछि खरघाँस जोगाउने क्रममा ५५ वर्षीया पुण्यमाया धमला र १६ वर्षीय कञ्चन धमलाको जलेर मृत्यु भएको थियो ।
सभापति खतिवडाले पीडित परिवारलाई भेटी व्यक्तिगतरुपमा रु २२ हजार र नगरपालिकाबाट उपलब्ध भएको रु एक लाख सहयोग प्रदान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: ०८:२६ बजे, सोमबार, वैशाख ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार