Kathmandu Press

‘एमालेको एकल बहुमत बिना देश बन्दैन’

‘राष्ट्रिय गौरवको योजनाका रुपमा महत्वपूर्ण योजना अगाडि सार्ने नेकपा एमाले मात्र हो,’ उनले भने, ‘यो पूरा गर्ने अभिभारा एमालेको हो । त्यसका लागि तपाईंहरुले ८४ को निर्वाचनमा एमालेलाई बहुमत दिएर विजयी गराउनुपर्छ।’
‘एमालेको एकल बहुमत बिना देश बन्दैन’
फाइल तस्बिर।

सर्लाही, वैशाख ३० : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले बहुमत नल्याएसम्म देश नबन्ने बताएका छन्।

सर्लाहीको मलंगवामा पार्टीको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले देश बनाउन मधेसका नागरिकको उत्थान हुनुपर्नेमा जोड दिए। देशको विकासमा एमालेले जति अन्य पार्टीले योगदान नगरेको उनले बताए।

Hardik ivf

‘राष्ट्रिय गौरवको योजनाका रुपमा महत्वपूर्ण योजना अगाडि सार्ने नेकपा एमाले मात्र हो,’ उनले भने, ‘यो पूरा गर्ने अभिभारा एमालेको हो । त्यसका लागि तपाईंहरुले ८४ को निर्वाचनमा एमालेलाई बहुमत दिएर विजयी गराउनुपर्छ।’

नेता पौडेलले ८४ को निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता कार्यकर्तालाई आह्वान गरे।

यस्तै, एमाले नेता तथा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मधेसका समस्या समाधानमा सरकार दत्तचित्त रहेको बताए। मधेसका जनताको ठूलो समस्याको रुपमा रहेको कृषि, सिँचाइ, मिटरब्याजलगायत समस्यामा एमाले संवेदनशील रहेको उप्रेतीको भनाइ थियो।

प्रकाशित मिति: २०:३३ बजे, आइतबार, वैशाख ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्