कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु
मृत्यु हुनेमा कैलारी–८ लोहरपुरका सात वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउँदको रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरस्वती अधिकारीले जानकारी दिए।
कैलाली, वैशाख ३० : कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा आज दुई बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कैलारी–८ लोहरपुरका सात वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउँदको रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरस्वती अधिकारीले जानकारी दिइन्।
उनका अनुसार बालक खड्काको घटनास्थलमै र बालिका साउँदको सेती प्रादेशिक अस्पताल मृत्यु भएको हो। दुवैको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
प्रकाशित मिति: १९:४९ बजे, आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












