Kathmandu Press

मधेशमा एमालेको नेतृत्वमा सरकार बन्ने, भोलि दाबी पेश गर्ने

सरोजकुमार यादवको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएगत्तै एमाले र माओवादीले जनमत र लोसपासँग गठबन्धन गर्दै मधेशमा नयाँ सरकार बनाउन सहमति गरेका हुन्।
मधेशमा एमालेको नेतृत्वमा सरकार बन्ने, भोलि दाबी पेश गर्ने

धनुषा, वैशाख ३० : मधेश प्रदेशमा एमालेको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ।

एमाले र माओवादीले वर्तमान सरकारलाई दिएको समर्थन फिताँदै लिँदै जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको सहयोगमा एमालेको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेका हुन्।

Hardik ivf

सरोजकुमार यादवको नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएगत्तै एमाले र माओवादीले जनमत र लोसपासँग गठबन्धन गर्दै मधेशमा नयाँ सरकार बनाउन सहमति गरेका हुन्।

सहमति अनुसार सोमबार सरकारका लागि एमालेले प्रदेश प्रमुख सक्षम दाबी पेश गर्ने छ।

१०७ मधेश प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २४, जनमतको १३, माओवादी केन्द्रको ९ र लोसपाको ८ सिट रहेको छ । यसले सरकारको लागि आवश्यक बहुमत पुग्छ । केन्द्रमा विभाजन भएको जसपा नेपालको मधेशमा आशोक राई नेतृत्वमा सांसदहरु खुल्न बाँकी छ ।

यता, मधेश सरकारमा आफ्नो सरकारलाई दिएको समर्थन एमाले र माओवादीले फिर्ता लिएपछि जसपा नेपालले केन्द्र सरकार छाड्ने तयारी गरेको छ। त्यसका लागि अध्यक्ष उपेन्द्र यादवले सोमबार केन्द्रिय कार्यकारिणी समितिको आकस्मिक बैठक बोलाएका छन्।

प्रकाशित मिति: १९:२७ बजे, आइतबार, वैशाख ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्