जिबी राईलाई अघिल्लो सरकारले भगायो भन्नु बेतुकको कुरा हाे : प्रधानमन्त्री दाहाल
आइतबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै जिबी राईलाई अभिल्लो सरकारले भगायो भन्ने कुतर्क नगर्न आग्रह गरेका छन्।
चितवन, वैशाख ३० : सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईलाई अघिल्लो सरकारले भगायो भन्नु बेतुकको कुरा भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्।
आइतबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै जिबी राईलाई अभिल्लो सरकारले भगायो भन्ने कुतर्क नगर्न आग्रह गरेका छन्।
शनिबार चितवनमै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जिबी राईले अघिल्लो सरकारले भगाएको बताएका थिए। आइतबार चितवनबाटै प्रधानमन्त्री दाहालले त्यसको खण्डन गरेका छन्।
‘जिबी राईलाई ल्याउनु पर्दछ भन्नेमा सरकार प्रष्ट छ। पासपोर्टको इस्युले गर्दा समस्या भएको हो, त्यसलाई हल गर्न खोजिँदैछ,’ उनले भने, ‘अघिल्लो सरकारले, प्रधानमन्त्रीले र अघिल्लो गृहमन्त्रीले भगाएको भनेर कुतर्क कसैले पनि नगरौं।’
व्यक्ति तोकेर भन्दा पनि समस्याग्रस्त सहकारीबारे अध्ययन गर्न समिति बनाउने विषयमा सरकार सकारात्मक रहेको बताउँदै प्रधानमन्त्री दाहालले त्यसमा कांग्रेस पनि सहमत हुने आशा व्यक्त गरे।












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)