दयाहाङ र मिरुना स्टारर ‘घरज्वाइँ’को टिजर सार्वजनिक [भिडियाे]
अनिल बुढा मगरको निर्देशन रहेको फिल्मको टिजरमा मिरुनालाई विवाह गर्न दयाहाङलाई घरज्वाइँ बस्नु पर्ने शर्त राखिएको देखाइएको छ।![दयाहाङ र मिरुना स्टारर ‘घरज्वाइँ’को टिजर सार्वजनिक [भिडियाे]](https://kathmandupress.com/uploads/posts/Ghar-Jwai-1715518904.png)
काठमाडौं, वैशाख ३० : दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘घरज्वाइँ’को टिजर सार्वजनिक भएको छ।
दुई मिनेट लामो टिजरमा दायाले मिरुनालाई पाउन गरेको संघर्षलाई देखाइएको छ। फिल्मले मगर संस्कृति र संस्कारलाई देखाउनेछ।
अनिल बुढा मगरको निर्देशन रहेको फिल्मको टिजरमा मिरुनालाई विवाह गर्न दयाहाङलाई घरज्वाइँ बस्नु पर्ने शर्त राखिएको देखाइएको छ।
मुभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा जनक घर्तिमगरले निर्माण गरेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन्।
रुकुम पूर्वमा छायांकन गरिएको फिल्ममा निर्देशक अनिलकै कथा, अनिल, विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद छ।
असार २८ गते रिलिज हुने फिल्ममा दयाहाङ र मिरुनाका अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ।
फिल्ममा हर्क साउद र मनोज थापाको शब्द तथा संगीत, कृष्ण भण्डारीको सम्पादन छ। फिल्मको अस्ट्रेलिया वितरण अधिकार एमएसएमले लिएको छ।
