जसपा नेपालको सरकार छाड्ने तयारी, डाके आकस्मिक बैठक
यादवले आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर समर्थन फिर्ता लिने जनाउ दिएका थिए। यादवले सोमबारका लागि आकस्मिक रुपमा पार्टीको कार्यकारिणी परिषद बैठक समेत डाकेका छन्।काठमाडौं, वैशाख ३० : दल विभाजन र एमाले–माओवादीले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि जनता समाजवादी (जसपा) नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकार छाड्ने तयारी गरेका छन्।
यादवले आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर समर्थन फिर्ता लिने जनाउ दिएका थिए। यादवले सोमबारका लागि आकस्मिक रुपमा पार्टीको कार्यकारिणी परिषद बैठक समेत डाकेका छन्।
यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रयोजनका लागि परिषद बैठक डाकेको जनाइएको छ । पार्टी कार्यकारिणी सदस्यहरु काठमाडौैं आउने क्रम जारी छ।
यादव अहिले उपप्रधान तथा जनसंख्या मन्त्रीको जिम्मेवारीमा छन्।
प्रकाशित मिति: १८:१२ बजे, आइतबार, वैशाख ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)