Kathmandu Press

मधेश सरकारबाट एमाले पनि बाहिरियो

राजीनामा दिने एमालेका मन्त्रीहरुमा सरोज कुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोद कुमार जयसवाल, केशव राय र शारदा थापा रहेका छन् । सरकारलाई दिँदै आएको समर्थन पनि आजै फिर्ता लिने बताइएको छ।
मधेश सरकारबाट एमाले पनि बाहिरियो

काठमाडौं, वैशाख ३० : नेकपा एमाले पनि मधेस सरकारबाट बाहिरिएको छ । एमालेबाट मन्त्री र राज्यमन्त्री बनेका ६ जनाले राजीनामा दिएका छन्।

एमालेका मन्त्रीहरुले मुख्यमन्त्री सरोज कुमार यादव समक्ष राजीनामा पत्र बुझाएका हुन्।

Hardik ivf

राजीनामा दिने एमालेका मन्त्रीहरुमा सरोज कुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोद कुमार जयसवाल, केशव राय र शारदा थापा रहेका छन् । सरकारलाई दिँदै आएको समर्थन पनि आजै फिर्ता लिने बताइएको छ।

नेकपा माओवादी केन्द्र पनि मधेश सरकारबाट बाहिरिइसकेको छ।

उपेन्द्र यादवले नेतृत्व गरेको जनता सामाज पार्टी फुटेपछि एमाले र माओवादीले मधेश सरकार छाडेका हुन्। अब यी दुवैले आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्नेछन्।

प्रकाशित मिति: १७:४२ बजे, आइतबार, वैशाख ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्