त्रिविको जग्गा फिर्ता प्रक्रिया तत्काल थाल्न शिक्षा समितिको निर्देशन
छलफलका क्रममा सांसदहरुले सो विश्वविद्यालयको सम्पत्तिको संरक्षण हुन नसकेको, हिनामिना र दुरुपयोग भइरहेको भन्दै विश्वविद्यालय नै सम्पत्तिको रक्षा तथा संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए।(3)-1715514573.jpg)
काठमाडौं, वैशाख ३० : संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको अतिक्रमण जग्गा तत्काल फिर्ता ल्याउन निर्देशन दिएको छ।
त्रिविका पदाधिकारी सहितको छलफलपछि समितिले त्रिविको जग्गा फिर्ता ल्याउन निर्देशन दिएको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए।
छलफलका क्रममा सांसदहरुले सो विश्वविद्यालयको सम्पत्तिको संरक्षण हुन नसकेको, हिनामिना र दुरुपयोग भइरहेको भन्दै विश्वविद्यालय नै सम्पत्तिको रक्षा तथा संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए।
सांसद बद्री पाण्डेले विश्वविद्यालयले आफैंले जग्गासम्बन्धी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । ‘त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयले नै संरक्षण गर्न सकेन भन्ने सुनिन्छ, यो के हो?, विश्वविद्यालयको जग्गामा विभिन्न सङ्घ÷संस्था बसेका छन्, भाडामा बसेकाले लामो समयदेखि भाडा नै दिएका छैनन् भन्ने विषय उठेको छ,’ उनले भने, ‘त्रिविको सम्पत्ति त्रिविले नै संरक्षण गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो।’
सांसद ज्ञानु बस्नेत सुवेदीले विश्वविद्यालयको सम्पत्ति संरक्षणमा जोड दिँदै शैक्षिण प्रणालीमा सुधारको खाँचो औंल्याइन्। त्रिविका सम्पूर्ण समस्याहरू जतिसक्दो चाँडो समाधान हुनुपर्ने उनले बताइन्।
सांसद देवेन्द्र पौडेलले त्रिविलाई व्यवस्थित प्रणालीमा लैजानका लागि राजनीतिक हस्तक्षेप हुन नहुने बताए। उनले त्यसो भएको भए आम जनताले थाहा पाउनुपर्ने र समाधान खोज्नुपर्ने बताए।












![रास्वपाको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_86522bc9-1782213248.jpg)